Karnali Media
२०८३ असार ३ , बुधबार

छिन्चुदेखी सुर्खेत आउँदै गरेको हाईलेक्स दुर्घटना : ४ को मृत्यु, १ घाइते



सुर्खेत । रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर ११ झुप्राखोलामा डबल क्याप हाईलेक्स जीप दुर्घटना हुदा चार जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

छिन्चुबाट सुर्खेत आउँदै गरेको वाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलेक्स आइतबार विहान साढे २ बजेको समयमा अनियन्त्रित भएर सडकदेखि करिब ८० मिटर तल खसेको थियो ।


मृत्यु हुनेमा वीरेन्द्रनगर ७ बस्ने चालक बर्ष २७ का सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने बर्ष ३१ का बबिन शाही, डुङ्गेश्वर गाउँपालिका ५ बस्ने बर्ष ३३ का दिपेन्द्र जंग शाही र उपचारका क्रममा दैलेख गुराँस गाउँपालिका ३ बस्ने बर्ष २६ का राजेन्द्र बिसीको मृत्यु भएको छ । यस्तै, दैलेख भैरबी गाउँपालिका ५ बस्ने बर्ष २५ का बिरेन्द्र राज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतबार