सुर्खेत । सुर्खेतका आधिकारीक बिक्रेताहरुको आइतबार वीरेन्द्रनगरमा भेला भएको छ ।
उक्त भेलाबाट १५ सदस्यीय समितकिो गठन गरिएको छ । समितीको अध्यक्षमा कमल प्रसाद चालिसे चयन भएका छन् । यस्तै, उपाध्यक्ष्य बबिन कुमार थापा, सचिव श्याम पौडेल, कोषध्यक्ष बिर्ख बहादुर बिष्ट, र सदस्यहरुमा गणेश शर्मा ढकाल, राम चन्द्र चपाइ, राम कुमार चौधरी, रमेश गौली, लक्ष्मी थापा, गिता वलि, सुरेश देवकोटा, सन्देश श्रेस्ठ, नवीन बस्नेत, शेर ब खड्का र भवानी प्रसाद शर्मा गरी १५ समिती गठन भएको छ ।
समितीले सुर्खेतमा रहेका आधिकारीक बिक्रेताहरुका विभिन्न समस्याका समाधान, व्यापारीहरुका गुनासोहरुको उचित व्यस्थापन गर्ने समितीका प्रवक्ता गणेश शर्मा ढकाल ले जान्कारी दिए । यस्तै समितीले बैंकहरुको चर्को ब्याजदरका विरुद्धमा पनि आवाज उठाउने जनाएको छ ।
संवाददाता । आइतबार, माघ ०८, २०७९ मा प्रकाशित