सुर्खेत । कर्णालीमा मन्त्रालयको संख्या घटाइयो छ । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमती अनुसार एक मन्त्रालय घटाएको मुख्यमन्त्री राजकुमार शर्माले बताए ।
पहिले बिभाजन गरिएका उर्जा तथा सिचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी बिकास मन्त्रालयलाई पुनः समायोजन गरेर एकै मन्त्रालय बनाउने सोमबार बसेको एमाले र माओवादीको बैठकले निर्णय गरेको मुख्यमन्त्री शर्माले बताए । उनले भने, ‘केही समयमा लिखित विज्ञप्ती आउँछ । मन्त्रीमण्डल विस्तारको विषयमा पनि छलफलमा रहेका छौँ ।’ एक मन्त्रालय घटाउने सहमती अनुसार मन्त्रालय घटाए पश्चात् मात्रै प्रदेश सरकारमा मन्त्रीमण्डल विस्तार हुने एमालेका नेताहरुले बताउँदै आएका थिए ।
संवाददाता । सोमबार, माघ ०९, २०७९ मा प्रकाशित