Karnali Media
२०८३ असार १६ , मंगलबार

कर्णालीमा हल्का वर्षा



आज देशको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीका असर रहेकाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भुभागमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।

त्यस्तै, देशका उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईमा विहानीपख सामान्य कुहिरो लाग्नेक्रम जारी रहने हुनाले चिसो बढेर जनजीवन प्रभावित हुने विभागको भनाइ छ । आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ ।


सोहीअनुससार भोलि ११ गते बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । सो क्षेत्रका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राति प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।

त्यस्तै, माघ १२ गते बिहीबार देशको पहाडी भूभागमा सामान्य बदली रहने छ । पानी परेर चिसो बढ्ने हुनाले चिसोबाट बच्न सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ १० गते मंगलबार