Karnali Media
२०८३ साउन ८ , शुक्रबार

भूकम्पले बाजुरमा केही घर भत्किए



बाजुरामा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण केही घरहरू भत्किएका छन्। बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार केही घर भत्किएका छन् भने केही घर चर्किएका छन्।

स्थानीय दिलबहादुर थापाका अनुसार भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्किएका छन् भने बडीमालिका नगरपालिकामा सामुदायिक भत्किएको छ।


बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले भूकम्पका कारण अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए। ‘अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेका छन्,’ उनले भने।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भएको थियो।

प्रकाशित मिति : २०७९ माघ १० गते मंगलबार