सुर्खेत, ११ माघ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्माको सिफारिस भएका मन्त्रीहरुले बुधबार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिएका हुन ।
नेकपा एमालेबाट टेकराज पछाई र जित बहादुर मल्लले मन्त्री पदको सपथ लिएका छन् । पछाई जुम्लाबाट र मल्ल मुगुबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । यस्तै, माओवादी केन्द्रबाट कृष्ण बहादुर जिसी र भिम प्रकाश शर्माले सपथ लिएका छन् । जिसी सुर्खेत क्षेत्र नम्बर १ प्रदेश सभा (ख) तथा शर्मा सल्यान (ख) बाट निर्वाचित सांसद हुन ।

नेकपा एमालेका वीनोदकुमार शाह र माओवादी केन्द्रका मंगल बहादुर शाहीले पुष २८ गते मुख्यमन्त्रीसङ्गै सपथ ग्रहण गरेका थिए ।
यो सङ्गै कर्णाली सरकारले पूर्णता पाएको छ ।

संवाददाता । बुधबार, माघ ११, २०७९ मा प्रकाशित