Karnali Media
२०८३ भदौ १४ , आइतबार

सुर्खेतमा १३ गतेबाट हुने भनिएको महोत्सव एक हप्ता पछि सर्‍यो

२० गतेबाट महोत्सव संचालन हुने


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा यहि माघ १३ गतेबाट संचालन हुने दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कषि, नविनतम प्रविधि प्रदशनी एंव पर्यटन महोत्सव–२०७९ को समय प्रतिकुल मौसमका कारण सरेको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कणाृली प्रदेशले जनकारी दिएको छ ।

माघ १३ गतेबाट हुने महोत्सवको मिति एक हप्ता पछि सरेको छ । अब उक्त नविनतम प्रविधी प्रदशनी तथा व्यापार मेला माघ २० गतेबाट २८ गतेसम्म ९ दिनसम्म संचालन हुनेछ । वीरेन्द्रनगर नगरपालिका महोत्सव व्यवस्थापन समितीका अनुसार प्रतिकूल मौसमका कारण पूर्व निर्धारीत समयमा कार्यक्रम गर्न नसकिने हुँदा महोत्सवको मिति परिवर्तन गरेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार :


सुर्खेतमा महोत्सव हुँदै

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहीबार