सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार ४ मन्त्री र १ राज्कर्णाली सरकारले पायो पूर्णता : ७ मन्त्री, १ राज्यमन्त्रीयमन्त्री नियुक्त भएसंगै कर्णाली सरकारले पूर्णता पाएको हो ।
पुष २७ गते नेकपा एमाले र माओवादीबीच कर्णालीमा पहिलो कार्यकाल नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने र दोस्रो कार्यकाल एमालेको नेतृत्वमा सरकार बन्ने सहमती भएको थियो । जसअनुसा पहिलो कार्यकालका लागि माओवादी केन्द्रबाट मुख्यमन्त्री राजकुमार शर्मा मुख्यमन्त्रीमा बनेका छन् । मुख्यमन्त्री बनेको ११ दिनपछि शर्मा आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । शर्मा मन्त्रिपरिषद्मा एमालेका ३ जना मन्त्री र माओवादीका ३ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।
यस्तो बन्यो कर्णाली प्रदेश सरकार
कर्णालीको ७ मन्त्रालय कायम गरिएको छ । जसमा माओवादीले मुख्यमन्त्री, ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ भने एमालेले ३ मन्त्री पाएको छ । सबै मन्त्रीहरुले बुधबार सपथ तथा पदभार ग्रहण गरिसकेका छन् ।
कर्णाली सरकार
१. राजकुमार शर्मा (मुख्यमन्त्री) २. वीनोद कुमार शाह (आर्थीक मामिला तथा योजना मन्त्रालय), ३. कृष्ण बहादुर जिसी (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), ४. टेकराज पछाई (सामाजिक बिकास मन्त्रालय), ५. जितबहादुर मल्ल (उधोग, पर्यटन, बन तथा बातावरण मन्त्रालय) ६. भिम प्रकाश शर्मा (भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय) ७. मंगल बहादु शाही (भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय) उर्मिला विश्वकर्मा–राज्यमन्त्री (भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय)
संवाददाता । बिहिबार, माघ १२, २०७९ मा प्रकाशित