सुर्खेत । सुर्खेत महिला जेसीसले सिद्ध बहिरा बाल स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरेको छ ।
सरसस्वती पुजाको अवसरमा महिला जेसीसले चाहाना स्टेस्नरी र हाम्रो पुस्तक पसलको सहयोगमा बहिरा बाल स्कुलका ९५ जना विद्यार्थीलाई पुग्ने शैक्षिक सामाग्रि वितरण गरेको हो ।
विद्यालयमा बहिरा अपांगता भएका बालबालिकालाई पेन्सिल, कपि, चकलेट वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत्त बालबालिकाहरु बहिरा अपांगता भएकाले शैक्षिक समाग्रि वितरणले विद्यार्थीको शैक्षिक प्रगति हुने सिद्ध बहिरा बाल स्कुलका प्रध्यानाध्यपक चिन्तामणि कडेंल बताए । उनले शैक्षिक सामाग्री वितरण गर्ने सहयोगी दाताहरुलाई धन्यवाद समेत दिएका छन् ।
सुर्खेत महिला जेसीसका अध्यक्ष सीता भण्डारीले बहिरा अपांगता भएका बालबालिको शैक्षिक प्रगतिका लागि आगामी दिनमा पनि विभिन्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
संवाददाता । बिहिबार, माघ १२, २०७९ मा प्रकाशित