Karnali Media
२०८३ भदौ १४ , आइतबार

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग



सुर्खेत, १५ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने जनाएका छन् ।

 

उपसभापति खड्काले लेखेका छन्, ‘दायाँवायाँ नसोची, नहेरी निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ यसतर्फ बेलैमा ध्यान जाओस् ।’

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार