Karnali Media
२०८३ असार ११ , बिहीबार

हुम्ला, जुम्ला र मुगुमा भूकम्पको हल्ला फैलाउने धामीको खोजी कार्य जारी



सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछी माघ १५ गते राती स्थानीय नागरिकहरु रातभर घर बाहिरै बसेका थिए । गलत हल्ला फैलिएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले हल्ला फैलाउने व्यक्तिको खोजी कार्य जारी राखेको छ ।

भूकम्प जाने हल्ला हुम्लाका एक धामीले फैलाएको भन्ने बाहिर आएको थियो । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रशाद सुवेदीका अनुसार गलत हल्ला फैलाउनेको खोजी कार्य भईरहेको छ । प्रशासनले प्रहरीलाई खोजी कार्यको जिम्मा दिएको र प्रहरीले खोजी गरिरहेको उनले बताए ।


हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाहरुका स्थानीय आइतबार रातभर घर बाहिरै आगो तापेर बसेका थिए ।

आईतबार राती अबेरबाट कर्णालीका हिमाली जिल्लामा भूकम्प जाने भन्ने हल्ला व्यापक रुपमा फैलिएपछि स्थानीय नागरिकहरु चिसो मौसममा आगो तापेर घर बाहिर बस्न बाध्य भएका थिए।

प्रकाशित मिति : २०७९ माघ १७ गते मंगलबार