Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेतमा भालुको पित्त सहित एकजना पक्राउ



सुर्खेत । सुर्खेतमा भालुको पित्त सहित एकजना पक्राउ परेका छन् । वीरेन्द्रनगरमा मंगलबार कस्तुरीको पित्त भन्दै एकलालको एक सयका दरले बिक्री गरिरहेको अवस्थामा सादा पोसाखमा रहेको प्रहरीको टोलीले मंगलगढी चोकबाट एक जानालाई पत्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले बताए ।

पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका ५ का २६ बर्षिया मान बहादुर शाही रहेका छन् । प्रहरीले उनको साथबाट ४४ दशमलब ८९ मिलीग्राम भालुको पित्त साथै यसको नपतौल गर्ने तराजु र नगद बरामद गरेको छ ।


प्रहरीका अनुसार थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मंगलबार