सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का ब्रेन ट्युमर बिरामी इक्माइल सलमानीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेका उनको उपचारका क्रममा आर्थिक सहयोग आवश्यक परेको हुदा उपेन्द्र खड्काको नेतृत्वमा मुख्य सहजकर्ता निराजन ढकाल र सहयोगी धर्म राज लामीछाने, दिनेश ढकाल , पूर्ण देव अधिकारी , किरण गन्धर्व लगायतका बिभिन्न व्यक्तिहरुको सहयोगमा ४१ हजार ८ सय ५५ रुपैयाँ बिरामीलाई सहयोग प्रदान गरिएको हो ।
ब्रेन ट्युमर बिरामी सलमानीलाई उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको हुदा सहयोगी महानुभावहरुबाट सहयोग रकम उठाएर बिरामीको परिवारलाई सहयोग हस्तान्तरण गरिएको अभियानका सहजकर्ता निराजन ढकालले जानकारी दिए ।
संवाददाता । मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित