Karnali Media
२०८३ साउन १४ , बिहीबार

सुर्खेत खजुराको एक पसलमा आगलागी



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर खजुराको कटकुवा चोक नजिक रहेको एक पसलमा आगलागी भएको छ । मंगलबार राती करिब पौने ११ बजे उक्त पसलमा आगलागी भएको हो ।

स्थानीयहरुले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । यदपी आगो नियन्त्रणमा आएको छैन् । आगो लागेको पसलमा हेयर कटिङ्ग सैलुन रहेको स्थानीयले बताएका छन् ।


अपडेट

अहिले स्थानीय प्रहरी र दमकलको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ । हेयर कटिङ्ग सैलुन रहेको एक घरमा आगलागी भएको हुदा क्षती लगायतको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मंगलबार