तस्बिर : कर्णाली मिडिया
डुङ्गेश्वर मन्दिर दैलेख जिल्लाको एक धार्मिक पिठ हो । यो मन्दिर दैलेख जिल्लाको सबै भन्दा होचो स्थान तल्लो डुङ्गेश्वरमा अवस्थित छ । लोहोरे खोला र कर्णाली नदीको संगममा अवस्थित यस ठाउँको उचाईं समुद्र सतह देखि ५४४ मिटर रहेको छ। प्राचिन कालमा यहाँ दधिची मुनीको आश्रम रहेको विश्वास गरिन्छ। डुङ्गेश्वरमा शिद्धेश्वर महादेवको र डुङ्गेल मन्दिर गरेर दुईवटा मन्दिरहरू रहेका छन्।
संवाददाता । बुधबार, माघ १८, २०७९ मा प्रकाशित