अवैध रूपमा यार्सागुम्बा कारोबार गरेको अभियोगमा २ किलो १ सय ३८ ग्राम यार्सागुम्बा सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपालिका(३ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका पाँगा बस्ने २५ वर्षीय प्रकाश टमटा र जुम्ला गोठीचौर गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका(१८ नरदेवी बस्ने ४० वर्षीय गोविन्द गिरी रहेका छन् ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये प्रकाशलाई काठमाडौं महानगरपालिका(३२ नरेफाँटबाट र गोविन्दलाई काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।
संवाददाता । बुधबार, माघ १८, २०७९ मा प्रकाशित