सुर्खेत । सुर्खेत दुर्घटनामा ज्यान गुमाएका स्वास्थकर्मीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।
माघ ८ गते रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर ११ झुप्राखोलामा डबल क्याप हाईलेक्स जीप दुर्घटना भएको थियो । जसमा ४ जना स्वास्थ्यकर्मीको निधन भएको थियो । बुधबार मृतकका आफन्त तथा साथिभाईहरुले ११ दिनको पुन्य तिथिको अवसरमा वीरेन्द्रचोकमा दिप प्रज्वलन गरेका हुन् ।
छिन्चुबाट सुर्खेत आउँदै गरेको वाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलेक्स माघ ८ गते विहान साढे २ बजेको समयमा अनियन्त्रित भएर सडकदेखि करिब ८० मिटर तल खस्दा वीरेन्द्रनगर ७ बस्ने चालक बर्ष २७ का सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने बर्ष ३१ का बबिन शाही, डुङ्गेश्वर गाउँपालिका ५ बस्ने बर्ष ३३ का दिपेन्द्र जंग शाही र उपचारका क्रममा दैलेख गुराँस गाउँपालिका ३ बस्ने बर्ष २६ का राजेन्द्र बिसीको मृत्यु भएको थियो ।
संवाददाता । बुधबार, माघ १८, २०७९ मा प्रकाशित