सुर्खेत । सुर्खेतबाट फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला पहरी कार्यालय सुर्खेतलबाट खटिएर गएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
जिल्ला अदालतको मिति २०७८ माघ २२ गतेको फैसलाबाट चेक अनादर मुद्दामा १ महिना कैद र पाँच हजार जरिवाना तोकिएर फरार रहेका प्रतिबादी वीरेन्द्रनगर नगरपालिका १० चन्द्रनगर बस्ने वर्ष ३० का राज कुमार बि.क.लाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहिबार वीरेन्द्रनगर नगरपालिका १० बाट पक्राउ गरेर जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले बताए ।
यस्तै, उच्च अदालतको मिति २०७९ असोज ३१ गतेको फैसलाबाट लागूऔषध ब्राउनसुगर मुद्दामा ५ महिना कैद र पाँच हजार नगद जरिवाना तोकिएर फरार रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका ५ बस्ने वर्ष २० का धिरज खत्रीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार वीरेन्द्रनगर नगरपालिका १ रेडियो नेपालबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सुर्खेत जिल्ला अदालत समक्ष पेश पनि डिएसपी कार्कीले जानकारी दिए ।
संवाददाता । शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित