Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेत महोत्सवमा भोलि एलिना चौहानको प्रस्तुति रहने, ‘धोकेबाज’ गितको प्रतीक्षामा दर्शकहरु



सुर्खेत । सुर्खेत महोत्सवमा मंगलबार एलिना चौहान लगायतको प्रस्तुति रहने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले जनाएको छ ।

महोत्सवको पाँचौ दिन भोलि लोकप्रिय गायिका एलिना चौहान, गायक रामजि खाँड, मोडल प्रीती तामाङ र लिला थापाको प्रस्तुती रहनेछ ।


पछिल्लो समय सर्वाधिक रुचाईएको गित ‘धोकेबाज हौ तिमी’ गितको प्रतीक्षामा दर्शकहरु रहेका छन् । २० गतेबाट सुरु भएको महोत्सव २८ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमबार