साविक कृषि ज्ञान केन्द्र हुम्लाका तत्कालीन कार्यालय प्रमुख विरुद्ध अख्तियारमा मुद्दा परेको छ ।
निमित्त कार्यालय प्रमुख राम सुरत पाल (गडरिया), सव-इन्जिनियर, सृजनशील कृषि सहकारी संस्थाका अध्यक्ष समेत ६ जना विरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा परेको हो ।
जिल्ला कृषि बिकास कार्यालय, हुम्लाबाट दिइएको अनुदान सृजनशील कृषि सहकारी संस्थाले हिनामिना गरेको भन्ने उजुरीमा अनुसन्धान हुँदा साविक कृषि ज्ञान केन्द्र, हुम्लाको आर्थिक बर्ष २०७५/०७६ को सहकारी नमूना गाउँ स्थापना तथा सन्चालन कार्यक्रम अन्तर्गतको उमान्दे खोलादेखि बल्देकाध सिंचाई कुलो निर्माण र सहकारी नमूना गाउँको जग्गा घेरवार कार्यमा भएको बास्तविक कार्य भन्दा बढी काम भएको भनी झुट्टा बिल, भरपाई, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बनाई रु. ११ लाख २६ हजार ५ सय २८ रुपैयाँ ८९ पैसा बढी भुक्तानी दिई आफूलाई गैरकानूनी लाभ पुर्याएको र प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्याएको पुष्टि भएको हुँदा उनिहरु विरुद्ध उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान अयोग टंगाल काठमाडौंले विज्ञप्ति मार्फत जनाएको छ ।
संवाददाता । सोमबार, माघ २३, २०७९ मा प्रकाशित