दैलेख । दैलेखमा मृत अवस्थामा एकजना फेला परेका छन् । गुराँस गाउँपालिका वडा नं. २ बान्द्रे स्थित लोहोरे खोलाको बिचमा नामथर वतन नखुलेका एकजना पुरुष मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार लम्बाई ५ फिट ३ ईन्च, निलोमा सेतो धर्के ज्याकेट, मुखमा दार्हि, खैरो रङको ट्रयाकसुट लगाएको व्याक्ती मृत अवस्थामा फेला परको भन्ने टेलिफोन मार्फत खबर आएपछी सोमबार राती १० बजे प्रहरीको टोलीले घटना स्थलको परारम्भिक अनुसन्धान गरी पोस्टमाटमको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार



