सुर्खेत । कर्णालीका युवाहरुले स्वदेशमै रोजगारको अवस्था सिर्जना गरी वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई हटाउन सरकारसँग माग गरेका छन् ।
सरकारले बजेटको ठूलो हिस्सा हरेक वर्ष रोजगारी सिर्जना तथा सीप विकासका लागि छुट्याउँदै आएको छ । तर कार्यान्वय नभएको भन्दै सरकारले संचालन गरेका कार्यक्रम पनि सहितवरले कार्यान्वय गर्न सुझाव दिइएका छन् । उनीहरुले कृषिमा सहुलियत एवं क्षमता विस्तारका लागि प्राविधिक, आर्थिक एवं नीतिगत सहजीकरणका कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।
सुर्खेतको लेकवेशी नगरपालिका भिम ढकालले कृषीमा दक्षजनशक्तिको अभाव कायमै रहेको बताउदै नयाँ अनुसन्धान गर्न पनि युवा वर्गको खाचो रहेको बताएका छन् । कृषिबाटै रोजागरी सिर्जना गर्न सकिने भएकाले सरकारले कृषीमा अनूदान तथा उत्पादन वस्तुको बजारीकरणको व्यावस्था गर्नुपर्ने ढकालको माग छ ।
यस्तै, जुम्लाका कमल प्रसाद भटट्राइले पनि सरकारले सम्भावित क्षेत्रमा लगानी प्रोत्साहन गर्नुपर्ने, व्यावसायिक कृषि तथा पशुपालन, फार्म स्थापना, बजार प्रबन्ध, कृषि र पशुपालनमा आधारित उद्योग एवं व्यवसाय मार्फत प्रशोधन लगायत मूल्य अभिवृद्धिगरी रोजगारीका अवसर सिर्जना गर्नु पर्ने बताएका छन् ।
कृषिमा यान्त्रीकरण एवं आधुनिकीकरण, कृषियोग्य भूमिको अधिकतम प्रयोग, व्यावसायिक आधुनिक कृषि क्षेत्र पहिचान गरी कृषि पूर्वाधार एवं व्यवसायको विकास गर्न जोड दिएका छन् ।
यता, प्रदेश सरकारले भने सिप नक्सांकन, श्रमिक शिक्षा, बेरोजगार युवाहहरुको लागि उनीहरुको पहिचानगरी सिप विकास तालिमलगायतका कार्यक्रमहरु संचालन गरेको जनाएको छ । समाजिक विकास मन्त्रालयका श्रम तथा रोजगार शाखा इन्द्रा चपाईले सबै जिल्लाहरुमा २५ /२५ लाखका दरले र मन्त्रालयले पनि २० लाख बजेट रोजागरी सिर्जना गर्न विनियोज गरिएको जानकारी दिएकी छन् । उनले सरकारले बेरोजगारहरुको क्षमता अनूसारका कार्यक्रमहरु संचालन गर्ने बताइन् ।
संवाददाता । बिहिबार, माघ २६, २०७९ मा प्रकाशित