Karnali Media
२०८३ असार १६ , मंगलबार

भेरी नदीमा वेपत्ता एकजनाको शव फेला



सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर वेपत्ता २ जना मध्ये एकजनाको शव फेला परेको छ ।

वेपत्ता मध्ये एकजना २१ वर्षीय बिबि रोकाय शुक्रबार दिउँसो करिब ३ बजेको समयमा मृत अवस्थामा भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।


वेपत्ता २२ वर्षीय मकर रोकायको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चिप्ले गोतखोरले खोजी कार्य जारी राखेको सशस्त्र प्रहरी बल निरीक्षक ददिराम पौडेलले जानकारी दिए ।

भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा विहिबार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर वेपत्ता भएका थिए । वेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लादेमा बस्दै आएका २२ वर्षीय मकर रोकाय सोही ठाउँका २१ वर्षीय बिबि रोकाय रहेका छन् ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रबार