सुर्खेत । सुर्खेत महोत्सवको समय थप नहुने भएको छ । माघ २० गतेबाट संचालन भएको महोत्सवको मिति आज सकिएको छ ।
वीरेन्द्रनगर सुर्खेतमा भएको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ को समय थप नहुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए ।
आयोजकले फागुन ३ गतेसम्म महोत्सव संचालन हुने बताए पनि समय थप नहुने भएको छ ।
संवाददाता । शनिबार, माघ २८, २०७९ मा प्रकाशित