सुर्खेत । मदरसा मदिना माध्यमिक विद्यालय वीरेन्द्रनगर वडा नम्बर १० वेलघारी सुर्खेतको चुनावि अभिभावक भेला सम्पन्न भएको छ ।
भेलाले अहमद रजाको अध्यक्षतामा ९ सदस्ययी समिती विद्यालय व्यवस्थापन समिती पनि चयन गरेको छ, जस्को सदस्यहरुमा जमाल वक्स, मैमुदिन, सकिना विवि, सपिरन खातुन, सरिफुन विवि शिक्षक वाट खतिजा विवि, वडाका जन प्रतिनिधिको पनि व्यवस्था गर्नुपर्ने मा वडा सदस्य मनोहर लाल आचार्य र सदस्य सचिवमा प्रधानाध्यापक रहने व्यवस्था अनुसार शुसिला शर्मा समितीमा रहेका छन् ।
भेलाले शिक्षक अभिभावक संघ पनि सर्वसम्मत निर्वाचित गरेको छ । जस्को अध्यक्षमा अकवर खान, सदस्यहरुमा जमिर वक्स, सपिना विवि, सैयादुन विवि, तस्लीमा विवि, इशाक दिन लाई चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर वडा न. १० का वडा अध्यक्ष डिल व. रखाल , विशेष अतिथिमा वडा सदस्य मनोहरलाल आचार्य, अतिथिमा शिक्षाशाखा अधिकृत रामलाल आचार्य, अव्दुल गफुर, लगाएतको सहभागितामा कार्यवहाक अध्यक्ष हजरत वक्स को अध्यक्षतामा सम्पन्न भएको थियो ।
कर्णालीको एक मात्र मावि स्थरको मदरशा भएकाले यसले छुट्टै पहिचान वोकेकोले र हाम्रो १० नम्वरको सान पनि भएकाले नमुना विद्यालय वनाउन जोड दिनुपर्ने प्रमुख अतिथि एवम विरेन्द्रनगर १०का अध्यक्ष डिल वहादुर रखालले बताए ।
कार्यक्रममा वोल्दै वडा सदस्य मनोहरलाल आचार्यले आफुले लागेपुगे सम्म पहिलो प्रथामिकतामा राखेको र आभिभावक पनि एकजुट भएर लाग्न आग्रह समेत गरे । कार्यक्रममा वोल्दै नवनिर्वाचित अध्यक्षले आफु यस अघि १४ वर्ष अध्यक्ष भएर चलाएको र विचमा युवाहरुलाई अवशर दिदा सोचे जस्तो उपलव्धी हासिल गर्न नसकेकाले पुन आफु निर्वाचित भएको बताए । २१ लाख ऋण रहेको मदरशाको आफनोे पहिलो काम स्रोत व्यवस्थापकै भएको समेत बताए ।
विद्यालयका प्रधानाध्यापक शिसिला शर्माले संचालन गरेको कार्यक्रममा नयाँ व्यवस्थापन समिती चयन भएपछि अभिभावकहरु पनि हौसिएका छन् भने विद्यार्थिहरुले त झन खुसिभएर नारा समेत लगाए “काईला दादा जिन्दावाद जिन्दावाद” ।
संवाददाता । आइतबार, माघ २९, २०७९ मा प्रकाशित