Karnali Media
२०८३ असार ११ , बिहीबार

सुर्खेत बसपार्क दुर्घटना, एक प्रहरी घाइते



सुर्खेत । वीरेन्द्रनगरको बसपार्कमा हिजो आइतबार दिउँसो बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आफन्तहरुले गरेको आन्दोलनमा एक प्रहरी जवान घाइते भएका छन् ।

आइतबार बेलुका देखि नै आन्दोलन गरिरहेका आफन्तहरु आज सोमबार सम्म पनि आन्दोलनरत रहेका हुन् ।
घाइते प्रहरीलाई उपचारका लागि गुरुङ नर्सिङहोममा लगिएको सुर्खेत प्रहरीले जनाएको छ ।


आफन्तले विभिन्न माग राखेर आज सुर्खेत बन्द गर्दै सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुदा सुर्खेतबाट छुट्ने गाडीहरु पनी ठप्प भएका छ्न् । सडकका विभिन्न स्थानमा आफन्तहरुले टायर बालेर नाराबाजी गरिरहेका छन् ।

बसले ठक्कर दिदा जाजरकोटको छेडागाड ६ घर भई वीरेन्द्रनगर १० बामेखोला बस्दै आएकी ६५ बर्षीया नन्दा रावतको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार