Karnali Media
२०८३ भदौ १५ , सोमबार

अनेरास्ववियुको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै



काठमाडौं, ४ फागुन । नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। अहिले बिहान ९ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल मैदानमा छन्। महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग ९अनुशासन, लेखा र निर्वाचन० निर्वाचित गर्नेछ। महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन्।


यस्तै निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा मङ्गलबारदेखि सुरु भएको महाधिवेशन बिहीबारसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : २०७९ फागुन ४ गते बिहीबार