Karnali Media
२०८३ भदौ १५ , सोमबार

सुर्खेतमा खाद्य प्रशोधन प्रविधि तालिम सम्पन्न



सुर्खेत । सुर्खेतमा खाद्य प्रशोधन प्रविधि सम्बन्धि तालिम सम्पन्न भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार खाद्य प्रशोधन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको हो ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा भएको खाद्य प्रविधि सम्बन्धि तालिममा २४ जना सहभागी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले बताए ।


शुक्रबार भएको तीन दिने तालिम समापन कार्यक्रममा प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक मुकुन्द नाथ योगि, राष्ट्रिय उपभोक्ता मन्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयक लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन ५ गते शुक्रबार