सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि नहुने बताएका छन् । आइतबार सुर्खेत पार्टी कार्यालयमा बौल्दै उनले नेपाल देश चिन्नका लागि कर्णालीमा पैदल हिड्नुपर्ने बताएका हुन् ।
कर्णाली ज्ञानको विश्वविद्यालय भएको बताउँदै उने भने, “संसद भवनमा बोल्दै गर्दा कर्णालीलाई विर्सेको छैन् । कर्णाली बुझ्न कर्णालीकाने पैदला यात्रा गर्नुपर्छ ।” यस्तै उनले कर्णाली आफ्नै खुट्टमा उभिन सकेमात्र सम्मुनत देश निमार्ण हुने पनि बताए ।
समाजका धेरै मान्छेहरुमा असन्तुष्टि बढिरहेको र वर्तमान सत्ता समिकरण धेरै नटिक्ने साथै काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने उनले दावि समेत गरे ।
संवाददाता । आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित