सुर्खेत । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस सभापति सेर बहादुर देउवालाई राष्ट्रपति बन्न आग्रह गरेको बताएका छन्।
आइतबार सुर्खेतमा भएको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सभापतिलाई सितल निवास जान आग्रह गरेको बताए । उनले भने, “मैले चाँही अब उमेर पनि पुग्यो, अब यो जोतिषीले भनेको सात पटक होला जस्तो पनि देखिएन् । त्यसकारण आदरणिय सभापति ज्यू ! सितल निवासले यहाँलाई पो खोजेजस्तो छ, भन्दा उहाँले भन्नुभयो ‘उदर..उदर काम छैन ।’ तर मैले चाँही आदरणिय सभापति ज्यूले नै सितल निवास जाने हो भने त्यो एउटा सम्मानित विदाई हुन्छ । मैले त छोड्नुस संसदीय दलको नेतामै छोड्नुस् । अब हामी गगन लडाउँदै छौ । भने तपाई लड्नुहुन्छ ? भन्दा त्यसबेला मान्नुभएन । आज सुर्खेतबाट अपिल गर्दा सम्भवत उहाँलाई नै राष्ट्रपति बनाउने अवस्था आयो भने उहाँ जानुहुन्छ । त्यसपछि सुर्खेतले चाँही नेपालि काँग्रेसको उपसभापति मात्र होइन नेपाली काँग्रेस पार्टीको कार्यवहाक सभापति पनि पाउँछ । अब संसदिय दलको नेतामा कुरा मिल्यो सबैको सहमती भयो रामचन्द दाईलाई बनाउला मिलेन भने पूर्ण दाईसंग गगन थापा लडाउने त मैले यहीबाट बोल्दा नि फरक पर्दैन ।”
यस्तै उनले कर्णाली बुझ्न कर्णालीकाने पैदला यात्रा गर्नुपर्ने बताउँदै कर्णाली आफ्नै खुट्टमा उभिन सकेमात्र सम्मुनत देश निमार्ण हुने पनि बताए ।
संवाददाता । आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित