Karnali Media
२०८३ असार १० , बुधबार

दिप प्रज्ज्वलन गरि मनायो सुर्खेत महिला जेसीजले प्रजातन्त्र दिवस



सुर्खेत । सुर्खेत महिला जेसीजले ७३ औं प्रजातन्त्र दिवशको अवशरमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार वीरेन्द्रचोकमा सुर्खेत महिला जेसीज र इन्नर ह्वील क्लब सुर्खेत को साझेदारीमा दीप प्रज्वलन गरी प्रजातन्त्र दिवश मनाईएको हो ।


दीप प्रज्ज्वलन कार्यक्रम सुर्खेत महिला जेसीजकी कार्यकारी उपाध्यक्ष मनु सुनार तथा इन्नर ह्वील क्लब सुर्खेतकी अध्यक्ष सीया कार्की प्रधानको नेतृत्वमा गरिएको हो ।

गतका बर्ष झै यस बर्ष पनि सुर्खेत महिला जेसीजले दीप प्रज्ज्वलन कार्यक्रम गरि प्रजातन्त्र दिवश मनाएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने जेसीसकी उपाध्यक्ष मनु सुनारको भनाई छ ।

प्रकाशित मिति : २०७९ फागुन ७ गते आइतबार