Karnali Media
२०८३ जेठ २५ , सोमबार

‘मध्यपश्चिम विश्वविद्यालय ट्यालेन्ट हन्ट’ को विजेता बने प्रेम रोका



सुर्खेत । ‘सुजुकी मध्यपश्चिम विश्वविद्यालय ट्यालेन्ट हन्ट २०२३’ को विजेता सार्वजनिक गरिएको छ । प्रतियोगिताको विजेता बाकेको नेपालगन्जमा इन्जिनियरिङ्गमा आध्यानरत प्रेम रोका बनेका छन् ।

मुसोम एल्मुनाइले आयोजना गरेको प्रतियोगितामा २० जनाको सहभागीता रहेको थियो । विजेतालाई फागुन १२ गते शुक्रबार पुरस्कार वितरण गरिने र सोही दिन रक्तदान कार्यक्रम पनि रहने मुसोम एल्मुनाइका सचिव संजय योगीले जानकारी दिए ।


विजेताले युकुलेले, फ्री कफि भौचर र भायानेटको इन्टरनेट जडानमा २० प्रतिशत छुट साथै एक महिना निशुल्क इन्टरनेट सेवा पाउनेछन् । यस्तै सहभागी सबैले फ्री कफि भौचर र भायानेटको इन्टरनेट जडानमा २० प्रतिशत छुट साथै एक महिना निशुल्क इन्टरनेट सेवा पाउने पनि आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ फागुन ८ गते सोमबार