सुर्खेत । नेकपा एमालेका नेता भिम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर शिर्ष दलका नेताहरु दिनदिनै बैठकमा बस्नु औचित्यहिन भएको बताएका छन् ।
शुक्रबार सुर्खेत आएका नेता रावलले देशका प्रधानमन्त्री लगायतका व्यक्तिहरु राष्टपतिको निर्वाचनलाई लिएर बैठकमाथी बैठक गर्दा देश आर्थिक संकटमा गएको र यसले झन उग्र रुप लिने बताए । देशको राष्ट्रपतिको निर्वाचनमा विदेशी हस्तक्षेप बढेको संकेत गर्दै उनले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेश राजदुतसंग भेटघाट बढाउनु देशको राष्ट्रियतामा गम्भिर संकट भएको बताए ।
यस्तै पत्रकारसंग कुरा गर्दै नेता रावलले राष्ट्रपतिको निर्वाचनमा चुनाव अघिको पुरानो पाँच दलिय गठबन्धन ब्युतनसक्ने बताएका छन् । पछिल्लो समयको राजनितिक अवस्थाले पाँच दलिय गठबन्धन राष्ट्रपतिको निर्वाचनमा ब्युतनसक्ने नेता रावलले संकेत गरे ।
संवाददाता । शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित