दैलेख, १२ फागुन । नेपाल मजदुर किसान पार्टी, दैलेखको १४ औँ जिल्ला सम्मेलनको अवसरमा नेमकिपाले जुलुस प्रदर्शनी तथा सभाको आयोजन गरेको छ ।
जिल्ला सदरमुकाम दैलेख बजारमा आयोजित एक समारोह बीच पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सम्मेलनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले भने, राष्ट्रपतिका उम्मेदवारले एमसीसीको विरोध गर्न सक्छ ? कालापानीबाट भारतीइ सेदा फर्क भन्न सक्छ ? उहाँले भारतको विदेश सचिवसँग नेपालका शासक पार्टीका नेताहरुको लाइन लागेर भेटघाट भएको गलत भएको भनाइ व्यक्त गरे ।
कार्यक्रममा सचिव सुवालले भने, ‘नेमकिपाले सुविधा पाउनको निम्ति प्रमुख विपक्षी दलको दाबी गरेको नभई कानुनले दिएको अधिकार प्रयोग गर्नको निम्ति भएको वताए । सांसद सदस्यको सुविधाको ऐन ०७३ अनुसार प्रमलाई विश्वासको मत नदिने पार्टी नै प्रमुख प्रतिपक्षी पार्टी हो उनले भने । प्रमलाई विश्वासको मत दिने नेपाली काँग्रेस प्रमुख विपक्ष दल होइन । देश र जनताको विषयमा बोल्न समय थप पाउने भएकोले प्रमुख प्रतिपक्षी दल नेमकिपा हुनुपर्ने विषय उठाएका हौं । संसद् सचिवालयका कर्मचारीहरु नेमकिपालाई कति बोल्ने भन्छन् । १ दिनमा १० करोड खर्च हुने वैठकमा बोल्न नपाउने भए संसद्को के काम ? उनले माथिल्लो कर्णालीमात्र होइन, कोशी, गण्डक, महाकाली, अरुण तेस्रो, पश्चिम सेती नेपालीको सम्पत्ति हुन्, नेपालीको लगानीमा विद्युत् उत्पादन गर्ने हो यसकारण भारतसंग फिर्ता लिनुपर्ने वताए ।’
संवाददाता । शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित