Karnali Media
२०८३ भदौ १५ , सोमबार

सल्यानमा नवजात शिशु मृत फेला



सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ।

सल्यानको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन् । मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।


शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फागुन १७ गते बुधबार