सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नै सरकार अगाडि बढ्ने बताएका छन् ।
बुधबार गृहजिल्ला सुर्खेत आएका नेपाली काँग्रेसका उपसभापति खड्काले विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै ‘प्रचण्ड’को नेतृत्वमा नै सरकार अगाडि बढ्ने बताएका हुन् ।
काँग्रेसलाई राष्ट्रपति दिने प्रचण्डको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी ओलीले अस्विकार गरेपछि एमाले र माओवादीमा दरार आएको बताउँदै उनले भने, “प्रचण्डलाई नेपाली काँग्रेसले विश्वासको मत दिएको दिनदेखि नै प्रचण्ड राष्ट्रिय सहमतीको बाटो अगाडि बढेका थिए । ठुलो दल काँग्रेसलाई राष्ट्रपति दिनुपर्छ भन्ने प्रचण्डको प्रस्ताव एमालेले स्विकार नगरेपछि यो परिस्थिती सिर्जना भएको हो । एमालेले प्रचण्डको प्रस्ताव अस्विकार गरेपछि ८ दलको निर्णय अनुसार नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायौँ ।”
यस्तै उनले काँग्रेस सरकारमा जादा पनी आफु मन्त्री नबन्ने बताएका छन् । आजभन्दा ७ बर्ष अगाडि नै मन्त्री नबन्ने घोषणा गरिसकेको स्मरण गराउँदै उनले मन्त्री नबन्ने र त्यहाँभन्दा माथी जनता र भगवानको भरोसामा छोडेको पनि बताए ।
संवाददाता । बुधबार, फागुन १७, २०७९ मा प्रकाशित