Karnali Media
२०८३ साउन २६ , मंगलबार

अत्याधिक बहुमतले प्रदेश नं १ को नाम ‘कोशी’ पारित



प्रदेश नं १ को नाम कोशी प्रदेश अत्याधिक बहुमतले पारित भएको छ। भर्खरै सम्पन्न मत भिाजनमा कोशी प्रदेशको पक्षमा ८२ मत परेको हो। यसको विपक्षमा ४ मत मात्रै परेको छ। यो सँगै अब प्रदेश नं १ को नाम कोशी प्रदेश रहने भएको छ।

९३ सांसद रहेको प्रदेश सभामा ८६ जना मात्रै मतविभाजनमा सहभागी थिए। नेकपा एमालेका सांसद रामबहादुर मगरले कोशी प्रस्ताव गरेका हुन्। प्रमुख तीन ठूला दलबीच सहमती जुटिसकेको थियो।


एकीकृत समाजवादीले यो नामको विपक्षमा संशोधन प्रस्ताव दर्ता गराएको थियो। तर त्यो बहुमतबाट अस्वीकृत भएको थियो।

प्रकाशित मिति : २०७९ फागुन १७ गते बुधबार