सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा रहेको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालि द्वारा संचालित ट्रि हाउस फन पार्कमा पिङ खेल्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । (*सच्याइएको)
मृत्युु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय पबिसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण बहादुर शाहीले कर्णाली मिडियालाई जानकारी दिए ।
उनको बुधबार बेलुका ५ बजे पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको साथै २ जना घाइते भएको पनि प्रहरीको भनाइ छ ।
संवाददाता । बुधबार, फागुन २४, २०७९ मा प्रकाशित