Karnali Media
२०८३ भदौ १६ , मंगलबार

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो



सुर्खेत । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ।

बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।


जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।

६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७९ चैत ४ गते शनिबार