Karnali Media
२०८३ असार १६ , मंगलबार

द्रोणाचल क्याम्पस दुल्लुमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी



दैलेख । दैलेखको दुल्लुमा रहेको द्रोणाचल क्याम्पस दुल्लुमा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । जसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी भएका छन् ।

सभापतिमा नेविसंघका प्रकाश थापा विजयी भएका हुन् । उनले अनेरास्ववियुका मदन थापालाई १३ मतान्तरले पराजित गरेका हुन् ।


यस्तै सचिवमा अनेरास्ववियु क्रान्तिकारीका समीर रोकाय र कोषाध्यक्षमा नेविसंघका प्रेम प्रकाश खत्री विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार