Karnali Media
२०८३ भदौ १५ , सोमबार

प्रचण्डबारे राजेन्द्र लिङ्देनको टिप्पणी : हाइड्रोजन गाडी दियौं, स्टार्ट नहुँदै हामफाल्नुभयो



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले हाइड्रोजन गाडी दिँदा स्टार्ट नहुँदै हामफालेको टिप्पणी गरे ।

‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ’ उनले भने, ‘गाडी फेरिराख्ने ड्राइभरले ‘मेरो गाडी थोत्रो भयो, पुरानो भयो, तपाईहरुको चढ्छु, हाँक्छु मेरो अनुभव पनि छ भनेपछि लाइसेन्स भएको मान्छे दिउँ भनेर गाडी पनि कहाँ हाइड्रोजन गाडी दिएको, गाडी स्टार्ट नहुँदैखेरि डा्रइभर हामफलोर तैट म पुरानै गाडी चलाउँछु भनेर हिडेपछि हामीले के गर्ने ?’


आफूहरुसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको भन्दै लिङ्देनले पर्खिनुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार