सुर्खेत । सुर्खेतमा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश आठौं विकास तथा राष्ट्रिय सोसाइटी विकास योजना स्थानीयकरण ४ दिने कार्यशाला सुरु भएको छ । मंगलबारबाट वीरेन्द्रनगर सुर्खेतमा कार्यशाला सुरु भएको हो ।
कार्यशालको कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले उद्धाटन गरेका थिए । उद्धाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले रेडक्रस विपद्को सारथी भएको बताए छन् । यस्तै उनले प्रदेश सरकारले रेडक्रसको विकासका लागि गर्न सक्ने सबै सहयोग गर्न तयार भएको बताउँदै प्रदेशबाट वनाइने निती नियममा रेडक्रसले उठाएका मुद्दाहरुलाई पनि समावेश गरिने उनले बताए । विपद् कतिबेला कहाँ आउँछ अनुमान गर्न नसकिने भएकोले यस्ता आकस्मीक विपद्बाट बच्न तथा क्षती न्यूनिकरण गर्न पूर्वसावधानी अपनाउनुपर्ने र रेडक्रसले यस्ता विपद्मा सारथी बन्दै आएको उनको भनाइ छ ।
आगामी शुक्रबारसम्म संचालन हुने यो कार्यशालामा नेपाल रेडक्रस सोसाइटी सोसाइटी रेडक्रस विकास योजना स्थानीयकरणका बारेमा छलफल हुने रेडक्रसले बताएको छ । उद्धाटन कार्यक्रममा रेडक्रसका प्रतिनिधी सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको थियो ।
संवाददाता । बुधबार, चैत ०८, २०७९ मा प्रकाशित