सुर्खेत, १३ चैत । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सोमबार दिउँसाे भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना महाशाखाले जनाएकाे छ ।
संवाददाता । सोमबार, चैत १३, २०७९ मा प्रकाशित