दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं.३ काे देउरालीमा अस्थायी प्रहरी चाैकिकाे उद्घाटन गरिएको छ । मंगलबार कर्णाली प्रदेश याेजना आयाेगका उपाध्यक्ष याेगेन्द्र शाहीको प्रमुख आतिथ्यमा अस्थायी प्रहरी चाैकिकाे उद्घाटन गरिएको हो ।
प्रहरी चाैकि स्थापना संगै अब यहाँको शान्ति सुरक्षा कायम गर्नकाे लागि पानी पाेखरा र जम्बुकाँधबाट प्रहरी खटिनु पर्ने बाध्यता हटेकाे छ। अब देखि यहाँको नराम्रा गतिविधि अन्त्य हुने र शान्ति सुरक्षा कायम हुनेमा यहाँकाे जनसमुदाय विश्वस्त रहेकाे स्थानियकाे भनाइ रहेकाे छ ।
नगर प्रमुख शाहीले गरेका चुनावी प्रतिवद्वता विस्तारै कार्यान्वयनकाे क्रममा गएका छन् । नगर प्रमुख गणेश शाहीले दिगो बिकासका विविध आयमहरु मध्येको शान्ति सुब्यवस्था कायम गर्नु एक महत्त्वपूर्ण कम्पोनेन्ट भएकोले अस्थायी प्रहरी चौकी स्थापना गर्नु महत्त्वपूर्ण कदम भएको बताए । उनले यस नगरपालिकाे आधा हिस्सा जनसंख्या भएको वडा नम्बर १,२,३,४ बिगत देखि हालसम्म चौकी बिहिन अवस्थामा रहेकोले प्रहरी चौकी पानी पोखरी र जम्बुकाध भौगोलिक दृस्टिले धेरै टाढा भएको हुँदा प्रहरी चौकी स्थापना गर्नु बर्तमान नगर सरकारको प्रमुख प्राथमिकतामा रहेको हुँदा आज यो एतिहासिक काम पूरा भएको दावी गरेका छन् ।
प्रमुख शाहीले स्थायी प्रहरी चौकिको रुपमा जान नगरपालिकाको ठुलो चुनौती भएकाले स्थाइ बनाउनकाे लागि प्रदेश र सघ सरकारसंग अनुरोध गरे । शाहीले जनताकाे प्रत्यक्ष गुनासाे सुनुवाइको लागि टाेलफ्रिकाे सञ्चालनमा ल्याएका छन भने सामाजिक सुरक्षा भत्ता प्रत्येक वडामै गएर वितरण गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गाेगन बहादुर हमाल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी किसाेर लम्साल लगाएतकाे सहभागीता रहेकाे थियाे ।
संवाददाता । मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित