Karnali Media
२०८३ असार १६ , मंगलबार

कस्तो रहला आज दिनभरको मौसम ?



सुर्खेत, १७ चैत । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँस देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ । देशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


राति देशभर सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार