Karnali Media
२०८३ जेठ २७ , बुधबार

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले



सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमाले बाहिरिएको छ । आज एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् ।

एमालेबाट कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन ।


प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार