काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आ.व. २०७८/०७९ पेस गर्ने कार्यसूची छ । संसद सचिवालयकाअनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्नेछन् ।
यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा रावल ९पार्वती० ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ । यसपछि उक्त विधेयक पारितका लागि प्रस्ताव गरिनेछ ।
संवाददाता । सोमबार, चैत २७, २०७९ मा प्रकाशित