सुर्खेत । कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । आइतबार नेकपा एमालेबाट प्रदेश सरकारमा मन्त्री बनेको ३ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएसँगै आज एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
पुस १० गते केन्द्रमा नेकपा एमाले, माओवादी लगायतका दलको सहभागिता भएको समिकरणका आधारमा पुस २७ गते नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको नेकपा एमालेले माघ ६ मा पहिलो पटक र चैत १७ मा दोस्रो पटक प्रदेश सरकारलाई विश्वासको मत पनि दिएको थियो ।
केन्द्रमा फेरिएको सत्ता गठबन्धनको समिकरणसंगै कर्णालीमा पनि सरकारबाट नेकपा एमाले बाहिरिएको र समर्थन फिर्ता लिएको हो ।
संवाददाता । सोमबार, चैत २७, २०७९ मा प्रकाशित