Karnali Media
२०८३ भदौ १५ , सोमबार

कर्णाली सरकारमा काँग्रेसबाट सहभागी हुने मन्त्रीको नाम टुंगियो



सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम नेपाली कांग्रेसले टुङ्गयाएको छ। यसअघि नेकपा (एमाले)ले सम्हालिरहेका मन्त्रालयहरुमा नै सहभागिता जनाउने गरी कांग्रेसले मन्त्रीको नाम टुङ्गयाएको हो।

यसअघि एमालेको भागमा रहेका तीन मन्त्रालयमा मन्त्रीहुनेको नाम कांग्रेसले टुङ्गयाएको हो।


कांग्रेसबाट मन्त्री हुनेमा सुर्खेत-१(क) बाट निर्वाचित खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा (ख)बाट निर्वाचित बेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित कृष्ण बिसी मन्त्री बन्न लागेका हुन्।

कांग्रेसले अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीको नाम टुङ्गो लगाएको हो।

प्रकाशित मिति : २०८० वैशाख ५ गते मंगलबार