Karnali Media
२०८३ असार १६ , मंगलबार

भेरी नदीमाथिको बेलिब्रिज भाँचिदा, ६ जना घाइते



सुर्खेत । भेरी करिडोर अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीमाथिको बेलिब्रिज भाँचिएको छ । आज दिउँसो मान्छेहरु हिँडिरहेकै बेला बेलिब्रिज भाँचिएको प्रहरीले जनाएको छ।

जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा निर्माणाधिन बेलिब्रिज भाँचिदा ६ जना घाइते भएको जाजरकोट प्रहरीले बताएको छ।


घाइतेहरुलाई उपचारका लागि दल्ली स्वास्थ्य शाखामा लगिदै रहेको जाजरकोट प्रहरीले जनाएको छ।

प्रहरी घटना स्थलमा पुगिरहेको र थप बिवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८० वैशाख ७ गते बिहीबार